नेपालको ईतिहासमा २४० वर्षसम्म कायम रहेको शाही राजतन्त्रको विधिवत अन्त्य भइ संघीय लोकतान्त्रिक गनतन्त्रको कार्यन्वयन भएको शुभ अवसरमा सम्पूर्ण देश-बिदेश्मा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक धन्यवाद, बधाई तथा शुभकामना व्यक्त गर्दछौ ।
संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको स्थापना, स्थाईत्व र बिकासका लागि स्थापित संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले गत फागुन १८ गते सरकार सँग गरेको शाहमतिको पहिले शर्त संविधान सभाको पहिलो बैठकबाट गणतन्त्रको कार्यन्वयन भएको छ। अब यसको स्थाईत्व र बिकासका लागि लागि पर्नु सबै नेपाली जनताको दायित्व भएको छ ।
यसपछि संघीय मञ्चले राज्यको संघीय संरचना तथा जाती, भाषा र क्षेत्रको ऐतिहासिक प्रिष्ठभुमिको आधारमा आत्मनिर्णयको अधिकारअसहितको स्वायत्त गणराज्यहरुको स्थापना र बिकासका लागि आफ्नो राजनीतिक आन्दोलन अघिबढाउने छ ।
मञ्चको यस आन्दोलनमा साथ-सहयोग गर्न सम्पूर्ण सहयोद्धाहरूमा हार्दिक अनुरोधसमेत गर्दछौं ।
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च
संघीय कार्य समिती
नेपाल