|
२०६२ साल माग ५ गते तपस्वीले आध्यात्मिक तपस्या सुरु गरेको ८ महिना पूरा भई ९ औं महिनामा प्रवेश गरिसकेको थियो । २०६२ साल माग ५ गते बुधवारको दिन समय बेलुका ७:०० बजे तपस्वीको शरीरबाट अचानक अग्निको ज्वाला देखा पर्यो । त्यो अग्निको ज्वालाले तपस्वीलगायत त्यहाँको भौतिक वातावरणलाई भने कुनै किसिमको क्षति पुर्याएन । तर तपस्वीको शरीरबाट निस्किएको त्यो आगोको ज्वाला देखेपछि तपस्यास्थलमा रहेका समितिका सदस्यहरूलगायत त्यहाँ उपस्थित अन्य महानुभावहरू आर्श्चर्यचकित भएका थिए भनिन्छ । अग्निको ज्वालाबाट तपस्वीको शरीरमा भएको वस्त्र विस्तारै खरानी भएर त्यहाँ नै विलय भयो । त्यो अग्निको ज्वाला कुनै विनाशकारी र जादुगरमा देखाइने चमत्कार जस्तो नभई ज्ञानको अग्नि ज्योति थियो । बौद्ध ग्रन्थहरूमा उल्लेख भएअनुसार तपस्वीलाई मारहरूले धेरै दुःख दिन थालेपछि त्यस किसिमको अग्निज्योति प्रकट भई मारहरूलाई त्यहाँबाट भगाइदिन्छ भन्ने विश्वास पनि रहेको छ । शाक्यमुनि बुद्धकै इतिहासअनुसार तपस्यामा बस्दा धेरै मारहरूले दुःख दिइरहेको चित्रकथाहरूसमेत हामी देख्न र अध्ययन गर्न पाउछौं ।
तपस्यास्थलको प्रत्यक्षदर्शीहरूका अनुसार तपस्वीको शरीरमा करिब १ घण्टासम्म अग्निको ज्वाला प्रकट भइरहेको थियो भनिन्छ । तपस्वीको शरीरमा भएको सबै वस्त्रहरू अग्निको ज्वालाबाट नष्ट भएपछि एक घन्टासम्म पूरै शरीर वस्त्रविहीन भएको थियो र तपस्वी अग्निको ज्वालामाथि नाचिरहेका थिए भनिन्छ । अनि त्यो अग्निको ज्वाला अन्त्य भएपछि तपस्वीले आफ्नो भाइलाई वस्त्र ल्याइदिन भनेपछि भाइले ध्यानस्थलमा त्यो वस्त्र पुर्याइदिए । त्यसपछि तपस्वीले १८ मिनेटसम्म प्रवचन दिएका थिए भनेर प्रत्यक्षदर्शीहरू बताउछन् । प्रवचनमा तपस्वीप्रति कतिपय मानिसहरूले शङ्का-उपशङ्का गरी लुकेर खाना खान्छ कि वा कुनै शक्तिशाली क्याप्सुल खान्छ होला या त नक्कली मूर्ती बनाएर राखेको होला भनेर तपस्वीलाई केन्द्रबिन्दु बनाएर केही सुराकी पाउन सकिन्छ कि भनेर ४८औं घण्टासम्म Video Camera on गरेर राखेको समेत तपस्वीले थाहा पाए । अनि वैज्ञानिकहरूबाट परीक्षण गर्नुपर्ने भन्ने जस्तो खबरहरूले तपस्वीलाई स्तब्ध पारेपछि पहिलोपटक शक्तिप्रदर्शन गर्नुपरेको हो भनेर प्रवचनमा बताइएको थियो भनिन्छ ।
तपस्वीको उक्त दुर्लभ ऋद्धि शक्तिलाई २०६२ साल फागुन २६ गते काठमाडौंको भृकुटीमण्डपस्थित पर्यटनबोर्डको कार्यालयभित्र र्सार्वजनिक गरिएको थियो । त्यो दुर्लभ दृश्यलाई हेर्ने मलगायत त्यहाँ उपस्थित सम्पूर्ण महानुभावहरू आर्श्चर्यचकित भएका थियौं । तर २०६२ साल फागुन २७ गते बिहान ४:०० बजेदेखि तपस्वी रामबहादुर तामाङ तपस्यास्थलबाट बेपत्ता भएको खबर विभिन्न मिडियाहरूले प्रसारित गरेपछि उहाँका शुभचिन्तकहरू सबैलाई दुःखत पारिरहेको थियो । हुन त शाक्यमुनि बुद्धको इतिहासलाई अध्ययन गर्दा सिर्द्धार्थ गौतमले पनि नेपाललगायत भारतका विभिन्न स्थानहरूमा पुगी आध्यात्मिक तपस्या गर्दै अन्तत्वगत्वा बुद्धगयामा पुगेर अन्तिम ध्यान तपस्याद्वारा बोधिज्ञान प्राप्त गर्नुभएको थियो । यसै सर्न्दर्भमा तपस्वी रामबहादुर तामाङले पनि आफ्नो तपस्यास्थललाई परिर्वतन गरी अज्ञात स्थानमा आध्यात्मिक तपस्या गरिरहेको खबरले पुनः सबै महानुभावहरूलाई खुसी महसुस भइरहेको छ । तपस्वी रामबहादुर तामाङको आध्यात्मिक तपस्याद्वारा बोधिसत्व, महायोगी सिद्धि र अर्हत वा सम्यक् सम्बोधिको स्थानमा पुग्न सकेर यो भौतिक संसारको मनुष्यप्रणीहरूबीचमा भइरहने हत्या-हिंसा, म, मैले, मलाई मात्र भन्ने जस्ता अमानवीयताको चिन्तनबाट सजक र जागरुक पार्ने तृष्णाविहीन समाजको आधारभूत निर्माण गर्नका लागि नयाँ आयामको सुरुवात हुने मानवतावादी शिक्षाको संस्थापक बन्न सकोस् भनी हामी शुभचिन्तकहरू सबैले उहाँको आध्यात्मिक मार्गदर्शनमा हार्दिक प्राणीधान अर्थात् प्राथना गरिरहेका छौं ।
हुन त शाक्यमुनि गौतम बुद्धको इतिहासलाई अध्ययन गर्दा त्यत्ति सजिलोसँग बुद्धत्व प्राप्त गर्न सकिने विषय भने होइन । उहाँको जीवनगाथाअनुसार नेपाल अधिराज्यको ऐतिहासिक पुण्यभूमि कपिलवस्तुबाट सिर्द्धार्थ गौतमले आफ्नो राजकुमारको पद र भविष्यमा महाराजा हुने जस्ता अवसरहरूलाई परित्याग गर्दै आफ्नो परम सुन्दरी धर्मपत्नी यशोधरादेवी र सात दिनको नवजात शिशु राहुलकुमारलाई समेत छाडी आषाढ पूणिर्माको दिनर् इसापूर्व ५३४ मा २९ वर्षो उमेर हुदाँ कण्ठक घोडा चढेर सारथी र छन्दकका साथ राजदरबारबाट मध्यरातमा बहुजन हिताय, वहुजन सुखाय अर्थात् प्राणीजगत्कै भलो र शान्तिका लागि सत्यज्ञानको खोजीमा निस्केका थिए । सिर्द्धार्थ गौतम अनोमा नदी पुगेपछि आफ्नो केश आफैले मुण्डन गरी प्रब्रजित भई सुनसान वनतिर प्रस्थान गर्नुभयो । अनि आध्यात्मिक अभ्यास गर्दै जाँदा आलारकालम र उद्धकरामपुत्रनामक आर्चायहरूका आश्रममा पुगे । त्यहाँ केही समयका लागि उनीहरूकै साथ बसोबास गरे । तर त्यस आश्रममा उनीहरूको संगतबाट प्राणीजगत्लाई हित हुने किसिमको ज्ञान प्राप्त गर्न नसकिने सङ्केत देखेपछि त्यहाँबाट सिर्द्धार्थ गौतम अर्कै ठाउँमा प्रस्थान गर्नुभएको थियो ।
त्यसरी आध्यात्मिक अभ्यास गर्दै जानेक्रममा उनी उरूवेला वनमा पुगे । त्यहाँ पुगेपछि सिर्द्धार्थ गौतमले पहिलो पटक कठोरपूर्ण ध्यान तपस्या सुरु गर्न थाले । त्यसरी आध्यात्मिक तपस्या गर्दा सिर्द्धार्थ गौतम दिनप्रति दिन दुब्लो पातलो अर्थात् हाड-छालामात्र बाँकी रह्यो । तर पनि आफ्नो उद्देश्य पूरा भएन । त्यसरी विभिन्न स्थानहरूमा प्रस्थान गर्दै लक्ष्यमा पुग्ने सङ्कल्प गरी जस्तोसुकै आपत-विपत आइपर्दा पनि आफ्नो आध्यात्मिक मार्गदर्शनलाई अझ कठोरताका साथ अगाडि बढाइराखे । तर सिर्द्धार्थ गौतम त्यसरी आध्यात्मिक अभ्यास गर्दागर्दै दिनप्रतिदिन उनको शरीर दुब्लो पातलो हर्ेदा हाडछाला मात्र बाँकी रह्यो । यो अवस्थामा पुग्दासम्म पनि सिर्द्धार्थ गौतमलाई बोधिज्ञान प्राप्त नभएपछि उहाँले मध्यम-मार्ग अपनाई शुद्ध आहार खान सुरु गरे । पाँच वर्षबितिसक्यो, त्यतिबेलासम्म प्राणीजगत्का निम्ति सत्य थाहा पाउन सकेनन् । प्रसिद्ध आचार्यहरूकहाँ गएर सत्यज्ञान बुझने कोसिस गरे तर त्यहाँ उनीहरूस“ग पनि ज्ञानको कुनै मार्ग पाउन सकेनन् । आलारकालाम र उद्धकरामपुत्र यी ठूल-ठूला आचार्यहरूसँग पनि योगको नाममा केही व्यायम सिक्नु सिवाय अरू केही सत्यज्ञान प्राप्त गर्न सकेनन् । सिर्द्धार्थ गौतमले सोचे : "प्राणीजगत्लाई यो व्यायमबाट मात्र केको लाभ होला नि - त्यसकारण अझै मैले विचलित नभई सङ्कल्प र धैर्यताकासाथ सत्यज्ञानको खोजीमा आध्यात्मिक तपस्या गर्नैपर्दछ"।
अनि सिर्द्धार्थ गौतम एकदिन वैशाख पूणिर्माका शुभदिन भिक्षाटन गर्न उरूवेला गाउँ प्रस्थान गरेका थिए । जाँदा जाँदै समयको कमीले गर्दा एउटा सेनानी भन्ने गाउँमा पुगे । त्यहाँ एउटा बरवृक्षमुनि ध्यान तपस्या गरी बसे । बिहानै ती बरवृक्षलाई दैनिकरूपमा पूजा गर्न आउने एउटी सुजातानामकी कन्या केटीले सिर्द्धार्थलाई वर देउता सम्झी टाढैबाट प्रशन्न भई भक्तिपूर्वक सिर्द्धार्थको शरणमा प्रणिधान गर्दै हे प्रभु जसरी भए पनि प्रभुको लक्ष्य पूरा होस्, भन्दै खीरपात्र सिर्द्धार्थको अगाडि राखिदिइन् । अनि त्यो खीरदान सिर्द्धार्थले सद्भाव र मैत्रीपूर्ण रूपमा ग्रहण गरे । यसरी सिर्द्धार्थ गौतमद्वारा सुजाताले चढाएको खीरदान ग्रहण गरिसकेपछि एक ऋद्धि शक्ति अर्थात् अलौकिक शक्तिको अनुभव भएपछि आफ्नो ध्यान तपस्यालाई अझ विशेष महत्त्व दिएर अगाडि बढ्नुभयो । सिर्द्धार्थ गौतमले ती सुजाताद्वारा चढाइएको खीरदान आप\mनो हातमा लिई त्यस आसनबाट उठी बरवृक्षलाई परिक्रमा गरी नेरंजननामक नदीतिर प्रस्थान गरे । त्यो नदीमा पुगेपछि सिर्द्धार्थले आफ्नो चीवरवस्त्र फुकाली वस्त्र र खीरदान दुवै नदी किनारमा राखी पहिला स्नान गरे । त्यो खीरदान जम्मा १९ गाँस थियो । त्यसपछि नदीमा गई सिर्द्धार्थले यो सङ्कल्प गरे कि यदि आज मैले प्राणिजगत्का निम्ति सत्यज्ञान प्राप्त गर्ने रहेछु भने यो भिक्षापात्र अवश्य पनि विपरीत दिशातिर अर्थात् नदी बगेर गएकोतिर नबगी माथितिर बगेर जानेछ भनी त्यो सुवर्ण भिक्षापात्र नदीमा फालिदिए । सिर्द्धार्थ गौतमले सङ्कल्प गरेअनुसार नै त्यो भिक्षापात्र त्यस नदीबाट उल्टो दिशातिर बगेर गयो । आफूले सङ्कल्प गरेअनुसारको पूर्व लक्षण देखेपछि सिर्द्धार्थ गौतमलाई विश्वास भयो कि लोककल्याणका हित हुने उत्तम मानवीयताको ज्ञान प्राप्त हुने सुनिश्चित भयो ।
त्यसरी सिर्द्धार्थ गौतमले गृहत्याग गरेको ६ वर्षछि बैशाखपूणिर्माको दिन ३५ वर्षो उमेरमा उरूबेला वन बुद्धगयामा एउटा पीपलको रूखमुनिर् इसापूर्व ५२८ मा सबै मारगणलाई पराजित गर्दै बोधिज्ञान प्राप्त गर्नुभई सम्यक् सम्बुद्ध हुनुभयो । बुद्धत्व प्राप्त गर्नु भएपछि आफूले सङ्कल्प गरेअनुसारको बोधिज्ञान सही छ कि छैन जन्म-मरण र दुःखबाट मुक्ति छ कि छैन र अन्त्यमा सही मार्गमा निर्वाण प्राप्त गर्न सकिन्छ कि सकिंदैन भनेर फेरि सात हप्तासम्म उनले बज्रआसनमा बसेर ध्यान तपस्या गरी चिन्तन मनन गरिरहे । सात हप्तापछि आफूले प्राप्त गरेको बोधिज्ञान आफूलगायत प्राणीजगत्कै हितका लागि प्रमाणित भएपछि मात्र तथागत बुद्धले अरूलाई ती बहुमूल्य बोधिज्ञानबारे उपदेश दिन सुरु गरे ।
बोधिज्ञानको अर्थ प्रज्ञा र करुणायुक्त ज्ञान ! Wisdom and Compassion. शाक्यमुनि गौतम बुद्ध छ प्रकारका ज्ञानहरूबाट युक्त हुनुहुन्थ्यो अर्थात् छ अभिज्ञाहरूः
१. दिव्य चक्षु : भौतिक जगत्लगायत र्स्वर्गलोक र नर्गलोकको सबै किसिमका रूपहरू देख्न सक्ने
२. दिव्य श्रोत : जगत्को टाढा वा नजिकको शब्दहरू सबै सुन्न सक्ने ।
३. परचित्त ज्ञान : अर्काको मनभित्रको सबै कुरा बुझ्न सक्ने ।
४.पूर्वनिवासानुस्मृति ज्ञान : पूर्वजन्मको सबै घटनाक्रमलाई थाहा पाउन सक्ने ।
५. ऋद्धि ज्ञान : हावामा उड्न सक्ने, पानीमा हिँड्न सक्ने ।
६. आश्रव क्षय ज्ञान : मनको सबै क्लेशलाई नाश गर्न सक्ने ।
शाक्यमुनि गौतम बुद्धको मार्गदर्शनअनुसार माथि बताइएका ज्ञानहरूले उहाँ युक्त हुनुहुन्थ्यो । त्याग तपस्या गर्न सके सबै चेतनशील मनुष्यहरूले पनि माथि उल्लेखित ज्ञानको मार्गलाई प्राप्त गर्न सकिन्छ भनी बौर्द्धदर्शनमा उल्लेख गरिएको पाइन्छ । त्यसैगरी तथागत बुद्धसँगै उरूबेला वन बुद्धगयामा ध्यान तपस्या गरेका ती पञ्चवर्गीय भिक्षुहरू जव सिर्द्धार्थ गौतमले निराहार आध्यात्मिक तपस्या गर्दा पनि बोधिज्ञान प्राप्त नभएपछि मध्यम-मार्ग अपनाई शुद्ध आहार खान थालेपछि ती पञ्चवर्गीय भिक्षुहरूले अब सिर्द्धार्थले कुनै किसिमको ज्ञानहरू प्राप्त गर्न सक्दैन, कारण उनले भोजन सुरु गरे भन्ने विचार राखे । त्यसकारण उनीसँगै बस्यौं भने हामीले पनि कुनै किसिमका ज्ञानहरू प्राप्त गर्न सक्दैनौं । अब हामीले उसलाई यही छाडेर अर्कै ठाउँहरूमा प्रस्थान गरौं भन्ने सल्लाह गरे । त्यसपछि सिर्द्धार्थ गौतमलाई त्यही उरूबेला वनमै छाडी ती पञ्चवर्गीय भिक्षुहरू भने अन्तै प्रस्थान गरे । तथागत बुद्धले बोधिज्ञान प्राप्त गरिसकेपछि तपस्सु र भल्लुक पहिलो उपासक बनिसकेका थिए । अनि ती पञ्चवर्गीय भिक्षुहरू भने ऋषिपतन मृगदावन अर्थात् सारनाथमा ध्यान तपस्या गरिरहेका छन् भन्ने सन्देश तथागत बुद्धले सुनेपछि त्यहाँ प्रस्थान गर्नुभयो । तथागत बुद्ध ऋषिपतन मृगदावनमा पुग्नुभयो । तथागत बुद्ध त्यहाँ पुगेपछि ती पञ्चवर्गीय भिक्षुहरूसँग भेट्नुभयो । त्यसपछि तथागत बुद्धले ती पञ्चवर्गी भिक्षुहरूलाई भने हे भिक्षुहरू हो ! मैले मनुष्यजगत्का सबै जीवप्राणीहरूलाई हित हुने उत्तम बोधिज्ञानको शिक्षा प्राप्त गरिसकेको छु भन्दा ती पञ्चवर्गीय भिक्षुहरूले भने कति पनि विश्वास गरेका थिएनन् । अनि तथागत बुद्धले पीपलको वृक्षमुनि बसेर दुःख भेट्नका लागि आऊ, स्वच्छ मनले अभ्यास गरौं भनेपछि ती पञ्चवर्गीय भिक्षुहरू पनि तथागत बुद्धको अगाडि गएर बसे । तथागत बुद्धले ती पञ्चवर्गीय भिक्षुहरूलाई उपदेश दिन सुरु गरे : हे भिक्षुगण हो ! प्रब्रजित भइरहेकाहरूले दुई कुराको अन्तलाई त्याग्नुपर्दछ । ती दुई कुरा के-के हुन् भने पञ्च काममा आशक्त भइरहनु र शरीरलाई अति कष्ट दिई हठचर्या अर्थात् निद्धी गर्नु, जसलाई हीन ग्राम्य वा अनर्थ धर्म भन्दछन् यी दुवैको अतिमा अर्थात् सीमाभन्दा पर नगई मध्यम-मार्ग अर्थात् बीचको बाटोबाट हिंड्नर्ुपर्दछ । त्यसैबाट सोझै निर्वाण पथमा पुगिन्छ । भिक्षुगण हो ! मैले मध्यम-मार्गको अभ्यासद्वारा बोधिज्ञानको अवबोध गरिसकेको छु । पञ्चवर्गीय भिक्षुहरू हो ! त्यही मध्यम-मार्गलाई आर्य आष्टाङ्गकि मार्ग पनि भन्दछन् । जस्तैः यथार्थ बुझिलिनु, यथार्थ संकल्प गर्नु, यथार्थ कुरा गर्नु, यथार्थ कर्म गर्नु, यथार्थ जीविका गर्नु, यथार्थ उद्योग गर्नु, यथार्थ स्मृति गर्नु र यथार्थ ध्यान गर्नु हो ।
तथागत बुद्धको यो बहुमुल्य उपदेश सुनेपछि ती पञ्चवर्गीय भिक्षुहरूले तथागत बुद्धको शरणमा प्रणिधान गर्दै भने : तथागतले अवबोध गरिसकेको मध्यम-मार्ग अर्थात् बीचको बाटोद्वारा नै निर्वाण पथ प्राप्त गर्न सकिन्छ भन्ने कुरामा नै हामी पञ्चवर्गीय भिक्षुहरू विश्वास गर्र्छौं र आजैबाट तथागत बुद्धको शरणमा र धम्मको शरणमा समाहित भएर शीलको पालना गरी ध्यान तपस्या सुरु गर्दै प्राणीजगत्कै हितका लागि सम्यक् कर्म गर्र्छौं ।
बौर्द्धदर्शनको आधारभूत सिद्धान्तअनुसार बोधिज्ञान प्राप्त गर्नका लागि आध्यात्मिक तपस्याको अति नै महत्वपूर्ण स्थान रहेको हुन्छ । विना आध्यात्मिक तपस्या बोधिज्ञानको मार्गसमेत प्राप्त गर्न सकिँदैन भन्ने कुरा बौर्द्धदर्शनमा बताइएको छ । अनि ध्यान तपस्यामा बस्दा पनि पञ्चशीलको नियमलाई पालना गरी एकान्तमा बस्नु आवश्यक छ । बौर्द्धदर्शनको इतिहासमा "शील, समाधि र प्रज्ञा" यी तीन महत्वपूर्ण शब्दहरूप्रति सदैव सजग रहिरहनु पनि त्यत्तिकै आवश्यकता पर्दछ । पञ्चशीलको नियमलाई पालना नगरी समाधि प्राप्त हुदैन र समाधिको साक्षात्कारविना प्रज्ञा प्राप्त हुदैन । जसले प्रज्ञा प्राप्त गर्दछ, उसले निर्वाण प्राप्त गर्दछ अर्थात् बोधिज्ञान प्राप्त गरिसकेको हुन्छ । त्यसैकारण बौर्द्धदर्शनको आधारभूत मार्गदर्शनअनुसार मनुष्यजातिलाई उच्च स्थानमा पुर्याउनका लागि शील, समाधि र प्रज्ञाको अति ठूलो विशेषता रहेको हुन्छ । माथि उल्लेखित गौतम बुद्धको जीवनगाथालाई अध्ययन गर्दा बुद्धत्व प्राप्त गर्नका लागि त्यत्ति सजिलो नभई कठोरपूर्ण त्याग-तपस्याको अपरिहार्यता देखिन्छ ।
अब फेरि विषय बदलौ“: विगत १०औं महिनाअगाडिदेखि बारा जिल्ला रतनपुर चारकोशे झाडीमा तपस्वी रामबहादुर तामाङले आफ्नो आध्यात्मिक तपस्यालाई अठोटका साथ सुरु गरेपछि त्यसको ४-५ महिनादेखि विभिन्न मिडियाहरूमा तपस्वी रामबहादुर तामाङबारे विभिन्न किसिमका सन्देशहरू गुञ्जायमान हुन थाले । त्यसपछि धेरै मानिसहरूलाई शङ्का-उपशङ्काले पनि त्यतिकै सताउन थालेका छन् भने कतिपय मानिसहरूको भनाइअनुसार उनी त्रिरत्नको शरणमा गएर आध्यात्मिक अभ्यास सुरु गरेका हुन् भन्न थाले । त्यसै गरी समय बित्दै जानेक्रममा तपस्वी रामबहादुर तामाङबारे अन्तराष्त्रिय ख्यात्रि्राप्त संचार माध्यमले समेत प्रसार गरिदिएपछि विश्वजगत्मा आध्यात्मिक तपस्वीको नामले उनको तीब्ररूपमा प्रचारप्रसार हुनथाले । अर्कोतिर तपस्वी रामबहादुर तामाङप्रतिको शङ्का-उपशङ्कालाई हर्ेर्ने दृष्टिकोण पनि प्रत्येक मानिसहरूमा फरक-फरक प्रकारको रहेको पाइएको छ । त्यसरी आध्यात्मिक तपस्याको नामले विश्वमा प्रचारप्रसार हुनुमा आफ्नै स्थान छ । तर तपस्वी रामबहादुर तामाङको प्रतिज्ञाअनुसार लक्ष्य प्राप्ति गर्नु चाहिँ उनको पहिलो महत्वपूर्ण विषय हो ।
आजभन्दा २६ सय वर्षगाडि प्रमाणित भइसकेको इतिहासअनुसार शाक्यमुनि बुद्धले पनि बोधिज्ञान प्राप्त गर्नाका निम्ति कुनै गुरुको निर्देशन अपनाएका थिएनन् । उहाँले केही मानिसहरूसँग संगत गरे तापनि उनका गुरुका रूपमा कुनै व्यक्ति स्थापित हुन सकेनन् । अनि शाक्यमुनि बुद्धले कुनै व्यक्ति वा कसैद्वारा निर्माण गरिएको मार्गदर्शनलाई आधार नबनाई आफूभित्र नै सत्यज्ञानको खोजी गर्दै ६ वर्षम्मको आध्यात्मिक तपस्यापछि मात्र बोधिज्ञान प्राप्त गरी सम्यक् सम्बुद्ध भएका हुन् । सिर्द्धार्थ गौतमले ध्यान तपस्यामा बस्दा कुनै किसिमको खाद्यपदार्थहरू नखाई आध्यात्मिक अभ्यास सुरु गरेको इतिहासलाई माथि नै उल्लेखित गरिसकिएको छ । यता तपस्वी रामबहादुर तामाङले आध्यात्मिक तपस्या सुरु गर्दा के गुरुको निर्देशन आवश्यकता थियो वा थिएन भन्नेबारेमा लेखकको विचारअनुसार गुरुको निर्देशनविना कुनै ज्ञान प्राप्त गर्न सकिँदैन भनेर जसले भन्छ म त्यो कुरालाई विश्वास मान्दिनँ । तथागत बुद्धले स्पष्टसँग वाणी गर्नुभएको छ कि आफ्नो मालिक आफै हो र अरूको शरणमा नगई आफ्नै शरणमा जानर्ुपर्दछ । यदि तपस्वी रामबहादुर तामाङलाई बौर्द्धदर्शनबारे कुनै कुराको ज्ञान थाहा नभएको भए त्यो भनाइ पनि केही मात्रामा छलफलको विषय बन्थ्यो होला । तर तपस्वी रामबहादुर तामाङ लुम्बिनी र भारतको देहरादुनसम्म गई शाक्यपा गुम्बाहरूमा गुरुकै निर्देशनअनुसार केही समय बौर्द्धदर्शनको अध्ययन गरिसक्नुभएको थियो । त्यसैकारण उहाँले शाक्यमुनि बुद्धको ऐतिहासिक घटनाक्रमहरूलाई राम्रोसँग बुझेर नै आफ्नो आध्यात्मिक अभ्यासलाई अगाडि बढाएको कुरा प्रमाणित भएको छ । शाक्यमुनि बुद्धको शासनकालपछि गुरुको निर्देशनअनुसार ध्यान-तपस्यामा बस्ने मानिसहरू बुद्धकै स्थानमा भने कोही पनि पुग्न सकेको छैन । बौर्द्धदर्शनअनुसार आध्यात्मिक अध्ययन गर्ने कतिपय मानिसहरू आफ्नो आचरणलाई आमूल परिवर्तन गरी बोधिसत्व भए, धेरै तपस्वीहरूले बौद्धतन्त्रको मार्गदर्शनअनुसार ध्यान तपस्याद्वारा सिद्धि प्राप्त गरे भने कतिले अर्हतसम्मको ज्ञान साक्षात्कार गरी निर्वाण प्राप्त गरिसकेका छन् ।
अर्को कुरा विज्ञानको नियमअनुसार यो प्राणीजगत्को सबै किसिमका जीवप्राणीहरूको भौतिक शरीरलाई दैनिक आवश्यक पर्ने खाद्यपदार्थहरू चाहिन्छ भनेर सबैलाई थाहा भएकै कुरा हो । अनि सबै किसिमका जीवप्राणीहरूलाई २४ सै घण्टा कुनै न कुनै प्रकारको खाद्यपदार्थहरू खाइरहन पाए उनीहरू खुसी पनि भइरहन्छन् र तिनीहरूको भौतिक शरीर हृष्टपुष्ट भएको पनि हुन्छ । तर सिर्द्धार्थ गौतम बुद्धकै जीवनगाथाको इतिहासलाई अध्ययन गर्दा धेरै वर्षम्म कुनै किसिमको खाद्यपदार्थहरू उपभोग नै नगरी आध्यात्मिक तपस्या सुरु गरेको ऐतिहासिक घटनाक्रमहरू हामी पाउन सक्छौं । धेरै वर्षबितिसक्दा मात्र शाक्यमुनि बुद्धले मध्यम-मार्ग अपनाई शुद्धआहार खान सुरु गरेका हुन् । संभवतः भोलिका दिनहरूमा तपस्वी रामबहादुर तामाङले पनि त्यही मध्यम-मार्गलाई अपनाउन सक्लान् । त्यसमा कुनै किसिमको आपत्ति जनाउने कारण नै छैन । त्यो त आजभन्दा २६ सय वर्षगाडि शाक्यमुनि बुद्धले प्रमाणित गरिसकेको विषय हो ।
हुन त आजको बदलिँदो विश्व परिस्थितिमा प्रत्येक व्यक्तिले कुनै पनि घटनाक्रमलाई हर्ेर्ने र बुझने दृष्टिकोण फरक-फरक हुनसक्ला त्यो आफ्नै ठाउ“मा छ । कतिपय मानिसहरूका भनाइअनुसार जङ्गली र ढुङ्गेयुगबाट मुक्ति पाइसकेका आजको कलियुग रे, त्यसमा पनि आधुनिक विज्ञानको युग रे, त्यत्तिमात्र कहा“ हो र २१औं शताब्दीको सभ्य मानवयुग रे । त्यसैकारण आजको विज्ञानका युगमा मानिसले खाना नखाई बा“च्न सक्दैन रे । हुन त आजको आधुनिक युगमा विज्ञानले धेरै विषयवस्तुहरूमा अनुसन्धान गरी सफलता प्राप्त गरिरहेका छन् । तर आध्यात्मिक मार्गदर्शनबारे भने विज्ञानले विगतदेखि वर्तमानसम्म कुनै कुराको प्रमाणित गर्न सकेको छैन । त्यसैकारण विज्ञान अपूरो नै छ । अनि अर्को विषयमा जङ्गली र दुङ्गेयुगको असभ्य मानव अवस्थामा जस्तो, आजको सभ्य मानव युगमा २४ औँ घण्टा मिठामिठा परिकारका चिजहरू बनाएर पेटभरी खान पाइन्थ्यो होला र - त्यसो हुनाले बौर्द्धदर्शनको मान्यताअनुसार मानुष्यको आधारभूत विकासको सर्न्दर्भमा उत्पत्तिकालदेखि नै प्रकृतिको नियमलाई विशेष महत्त्व दिएको पाइन्छ । अनि बौर्द्धदर्शनले प्रत्येक मानिसहरूको कर्मस“ग मात्र सम्बन्ध राख्दछ, भाग्यवादस“ग होइन । हुन सक्दछ तपस्वी रामबहादुर तामाङको पूर्वजन्मकै कुशल कर्मले गर्दा पनि यो दुर्लभ ऋद्धि शक्ति पाएका होलान् ।
बौर्द्धदर्शनको अर्को मान्यताअनुसार शीलको नियमलाई राम्रोसँग पालना गरेर आध्यात्मिक तपस्यामा बसेपछि समाधिको साक्षात्कार हुन्छ । त्यसपछि भौतिक शरीरसँग सम्बन्धित पञ्चतत्वलाई तपस्वीहरूले शून्यतामा विलय गराउन पनि सक्दछन् । प्रत्येक मनुष्यहरूको भौतिक शरीर पञ्चतत्वद्वारा निर्माण भएको हुन्छ । अनि ध्यान तपस्याको शक्तिद्वारा त्यो पञ्चतत्वलाई शून्यतामा विलय गरेपछि उसलाई कुनै किसिमको खाद्यपदार्थहरूको आवश्यकता पनि पर्दैन भन्ने कुरा बौद्धतन्त्रको आधारभूत मान्यता छ । त्यस्ाको उदाहरणलाई प्रस्तुत गर्नु पर्दा हिमाली बौद्धतन्त्रअनुसार म्हिलारेपाकै जीवनी अध्ययनले पनि वर्षौं वर्षम्म उहँाले खाना नखाई कुनै दिन सिस्नु मात्र खाएर तपस्यामा बसी सिद्धि प्राप्त गरेको इतिहास हामी पाउन सक्छौं । त्यसैकारण कतिपय तपस्वीहरू त ध्यानकै माध्यमद्वारा सिद्धि प्राप्त गरी त्यहीँ विलय पनि हुन सक्दछन् । त्यसैलाई Rambo body भन्ने गरिन्छ ।
तपस्वी रामबहादुर तमाङले पनि आगामी दिनहरूमा त्यही मार्ग अपनाउन सक्लान् । तर आज नै सबै कुराहरूको ठोकुवा गरेर भन्न सकिन्न । तपस्वी आफैले म बुद्ध भइसकेको छैनँ, मलाई बुद्ध नभन्नू, भेटी पैसा, धूप आदि नचढाइदिनू साथै अनावश्यक भ्रम सिर्जना गरेर प्रचारप्रसार पनि नगरिदिनू र तपस्यास्थलमा माछा-मासु जँ“डरक्सी आदि प्रयोग नगरिदिनू, यदि शुभचिन्तक महानुभावहरूको तपस्वीप्रति आस्था जागे एक थु“गा फूल चढाइदिए पुग्छ भनेर आफन्तहरूलाई अनुरोधसमेत गरिसकेका अवस्थामा तपस्वीप्रति शङ्का-उपशङ्का गर्नु केको आवश्यकता छ नि - यदि ९-१० महिनाकै ध्यान-तपस्याबाट, बुद्धत्व प्राप्त गर्न सकिने वस्तु भए संसारका धेरै मानिसहरू यो अनित्य मानवजीवनमा भोग्नु पर्ने विभिन्न किसिमको दुःख कष्टहरूलाई परित्याग गरी निर्वाण प्राप्त गर्नका निम्ति जङ्गल पस्ने थिए होलान् ! त्यसो हुनाले तपस्वी रामबहादुर तामाङले ठिक ठाउँमा ठिकसँग आध्यात्मिक तपस्या गरिरहनुभएको थियो । तर दिन प्रतिदिन उनको तपस्यास्थलमा धेरै बाधा-अडचनहरू र हो-हल्ला हुने गरेकाले बाध्य भएर तपस्यास्थललाई परिवर्तन गरेको हो भनी तपस्वीले र्सार्वजनिक गरिसकेका छन् । त्यसैकारण उनका बारेमा अनावश्यक शङ्का-उपशङ्का गर्नु आवश्यक छैन । सत्यतथ्य प्रकृतिको नियम र समयले नै प्रमाणित गर्नेछ । उनको आध्यात्मिक तपस्याले कसर्ैलई बाधा नपुर्याएको अवस्थामा तपस्वी रामबहादुर तामाङको भौतिक शरीरमाथि शङ्का उपशङ्का गरी जाँच गर्ने चर्चा-परिचर्चाको कुनै महत्त्व र उपलब्धि देखिँदैन थियो ।
उहाँको यो १०औ“ महिनासम्मको तपस्याले गर्दा पनि कतिपय मानिसहरूले सकारात्मक चिन्तन मनन गरी आफ्नो आचरणलाई शुद्वीकरण गर्न थालेका छन् भन्ने कुरा धेरैको मुखबाट सुनिन थालेको छ । यति मात्रै भएपनि उनको त्यो उत्तम मानवीय शिक्षालाई सबैले स्वीकार गर्नुपर्दछ । हामीले हर्ेदा तपस्वी पलेटी मारेर आरामसँग बसेको देख्छौं । तर एउटै आसनमा १०औ“ महिनासम्म ऋद्धि शक्तिबिना बस्नु कसैको सम्भव हु“दैन । हामी र्सवसाधारण मानिसहरू पेटभरी खाएर एक घण्टासम्म एउटै आसनमा आँखा चिम्लेर नचलीकन बस्नु पनि निकै गाह्रो हुन्छ । यदि होइन भने आफैले अभ्यास गरी अनुभव गर्न सकिने विषय हो । यद्यपि आगामी दिनहरूमा तपस्वी रामबहादुर तामाङले बोधिसत्व प्राप्त गर्न सक्लान्, ध्यान तपस्या गर्दा-गर्दै सिद्धि प्राप्त गरी त्यही विलय होलान् या सम्यक् सम्बोधिज्ञान प्राप्त भई बोधिसत्व होलान् ती भोलिका दिनहरूले प्रमाणित गर्ने विषय हुन् । तर ती मध्ये कुनै एक स्थान प्राप्त गर्न सके पनि त्यो आध्यात्मिक मार्गदर्शन केवल तपस्वी रामबहदुर तामाङका लागि मात्र सिमित नभई त्यसले विश्वभरका मानिसहरूको चिन्तन मननमा एउटा ठूलो मानवीय परिर्वतन ल्याई नयाँ आयामको सुरुवात गराउनेछ ।
अन्त्यमा यसरी शाक्यमुनि बुद्धकै जन्मभूमि नेपालमा दुर्लभ मनुष्यजीवन प्राप्त गरी तपस्वी रामबहादुर तामाङले १० औं महिनासम्म एउटै आसनमा बसेर निराहार आध्यात्मिक तपस्यामा बसिरहेको हामीले देख्न पाउनु पनि नेपाल र नेपालीहरूका लागि विश्वमा गौरवमय इतिहास कायम हुनु हो । यो आध्यात्मिक मार्गदर्शनको सम्पति नेपाल र नेपालीहरूका लागि मात्र नभई मनुष्यजगत्कै सम्पति पनि हो । तर त्यसको संरक्षण र सर्ंबर्द्धनका लागि विगतको तपस्यास्थलमा जस्तो हालको अज्ञात तपस्यास्थल रहे तापनि आगामी दिनहरूमा त्यस किसिमको कुनै बाधा अडचन वा हो-हल्ला नगरिदिनु नै मानवीय कर्तव्य र दायित्व हो । आजको विश्व दिन प्रतिदिन अहम् भावना, तृष्णा र हिंसामा अगाडि बढिरहेको अवस्थामा तपस्वी रामबहादुर तामाङ जस्ता अरू लाखौँ रामबहादुरहरूको अवश्यक परेको छ ।
|