|
रामबहादुर तामाङ 'बमजन' अर्थात् नमो गुरु बुद्धज्ञानीले बारा जिल्ला रतनपुर गा.वि.स.-५ मा बुबा वीरबहादुर तामाङ 'बमजन' र आमा मायादेवी तामाङ 'स्याङ्दान'का कोखबाट २०४६ साल चैत्र पूणिर्माका दिन यस अनित्य भौतिकजगत्मा दर्ुलभ मनुष्य जीवन प्राप्त गरेका हुन् । उनले केही वर्षलुम्बिनी र देहरादुन गएर शाक्यपा गुम्बाहरूमा बौर्द्धदर्शनबारे अध्ययन पनि गरेका थिए । त्यसपछि आफ्नै जन्मथलो घर आएर बुबा-आमासँगै बसोबास गर्दै आएका रामबहादुर तामाङ २०६२ साल जेष्ठ २ गते रातको १२ बजे "अब म त्रिरत्नको शरणमा गए“" भनी आफ्नो गृहस्थीजीवन त्यागी हिँडेका थिए । अनि घरपरिवारबाट केही दिनको खोजीमा सोही गा.वि.स. वडा नं.-५ रतनपुरमा पर्ने चारकोशे घना जङ्गलभित्र एउटा पीपलवृक्षमुनि ध्यानको आसनमा फेला परेका थिए । उनका बारेमा कतिपय प्रसारित समाचारहरूमा केही अपरिचित व्यक्तिहरूद्वारा उनीमाथि निन्दनीय व्यवहार पनि गरियो भनी सबैको ध्यानाकर्षा गराइएको थियो । तर उनले आफ्नो आध्यात्मिक तपस्यालाई अठोटका साथ जारी राख्दै यो ११आंै महिनाको समयभित्र मानिसको भौतिक शरीरलाई दैनिक आवश्यक पर्ने कुनै किसिमको खाद्यपदार्थहरूसमेत नखाई २१औं शताब्दीको आधुनिक चिकित्सा विज्ञानलाई समेत चुनौति दिएका यी युवक आध्यात्मिक तपस्यामा ६ वर्षम्मको प्रतिज्ञा गरेर अगाडि बढिरहेका छन् । तपस्यास्थलमा दैनिक २५औं हजार महानुभावहरूले प्रत्यक्ष अवलोकन तथा दर्शन गरिरहेका देख्न सकिन्थ्यो भने २०६२ साल फागुन २७ गते बिहान ४ बजेदेखि तपस्वी रामबहादुर तामाङले आफ्नो तपस्यास्थललाई परिवर्तन गरी अज्ञात स्थानमा तपस्या गरिरहेका
कुरा तपोवन संरक्षण समितिलगायत विभिन्न मिडियाहरूले २०६२ साल चैत्र ५ गते र्सार्वजनिक गरेका थिए ।
Medaitator - Ram Bahadur Tamang ''Bomjan''
यसै सर्न्दर्भमा तपस्वी रामबहादुर तामाङको पारिवारिक वंशावालीलगायत उहाँको जीवनमा घटेका महत्वपूर्ण घटनाक्रमहरूलाई उहाँकै बुबा-आमासँग भेटघाट गरी प्राप्त भएको विषयवस्तुहरूलाई सबै पाठकवर्गको जानकारीका लागि निम्नबमोजिम प्रस्तुत गरिएको छ :
१. तपस्वीको नाम : घरमा बोलाउने नाम- रामबहादुर तामाङ ।
२. न्वारनको नाम : पाल्देन दोर्जे तामाङ ।
३. धार्मिक नाम : नमों गुरु बुद्ध ज्ञानी ।
४. जन्मस्थान : जिल्ला बारा, रतनपुर गा.वि.स.-५,बुङ्जोर
५. बुबा : वीरबहादुर तमाङ 'बमजन'
६. आमा : माया तामाङ 'स्याङ्तान'
७. बाजे : चतुरमान तामाङ ।
८. बजै : बिन्दुमाया तामाङ ।
९. बराजु : लहृयुल दोर्जे तामाङ ।
१०. बज्यै : पूणिर्माया तामाङ ।
११. गोत्र र्-र्रूइ) : बोमजन -चन्गी खोर) ।
१२. कुल -फोल्हा) : लामा कन्ज्यो । दोङ्रबकाअनुसार, "दो-मार्पोचन ।"
१३. वंशजः तामाङ ।
१४. मावली : जिल्ला बारा, रतनपुर गा.गि.स.-५, बुङ्जोर ।
१५. आमा गर्भवती भएको वर्ष महिना : २०४६ साल असार महिना ।
१६. गर्भवतीभर आमालाई कुनै समस्या : कुनै समस्या नहुने तर माछा मासु खाँदा बिरामी हुने ।
१७. जन्ममिति : २०४६ साल चैत्र २७ गते आइतवार पूणिर्माका दिन बिहानीको समयमा ।
१८. जन्मिने बित्तिकैको स्वभाव : आमाको गर्भबाट जन्मिने समयमा टाउको बाहिर निस्कने बित्तिकै चिच्याएर रोएको र पूरै शरीर बाहिर निस्केपछि शान्त अवस्थामा ।
१९. बच्चा अवस्थाको क्रियाकलाप : तीन वर्षपुगेपछि खाना पहिला पस्की दिनु पर्ने नत्र नखाने, थप खाना थपी नखाने र माछा मासु कहिल्यै नखाने ।
२०. ५ वर्षछिको अवस्था : घर छाडी हिँड्ने, धेरै नबोल्ने, एकोहोरो सोचिरहने, कसैसँग झै-झगडा नगर्ने, एक्लै खेल्ने, सबैस“ग एकै किसिमको व्यवहार गर्ने, कहिल्यै पनि नरिसाउने ।
२१. धर्मप्रतिको आस्था : बौर्द्धधर्मका गुरुहरू देखेपछि खुसी हुने, बौर्द्धधर्मका पुस्तकहरू अध्ययन गर्न रुचाउने र पीपलको रूख देखेपछि खुसी भई ध्यानको आसनमा बसिरहने ।
२२. औपचारिक शिक्षा : कक्षा ४ सम्म अध्ययन गरेको ।
२३. बौर्द्धदर्शनको अध्ययन अवधि : स्थानीय गुरुबाट अध्ययन सुरु गरी भारतको देहरादुनमा गई केही वर्षम्मको अध्ययनपछि जन्मस्थान फिर्ती ।
२४. भ्रमण गरेको धार्मिक स्थलहरू : लुम्बिनी, बुद्धगया, देहरादुनलगायत आदि तर्ीथस्थलहरू ।
२५. दाजुभाइमध्येका कुन भाइ : साहिँलो भाइ ।
२६. बैवाहिक अवस्था : अविवाहित ।
२७. जम्मा घरपरिवार : ११ जनाको ।
२८. गृहत्यागअगाडिको वचन : म धेरै वर्षम्म तपार्इंहरूसँग बस्दिनँ ।
२९. गृहत्याग गरेको मिति : २०६२ साल जेष्ठ २ गते आइतवार मध्यरात ।
३०. प्रथमपटक तपस्या सुरु गर्दा : केही अपरिचित व्यक्तिहरूद्वारा निन्दनीय व्यवहार गरिएको ।
३१. तपस्यास्थलको नाम : जिल्ला बारा, रतनपुर गाविस-५ को चारकोशे झाडीभित्र पीपलको रूखमुनि ।
३२. तपस्यामा बसेको समय अवधि : १० महिनासम्म निराहार तपस्यामा बसेको ।
३३. तपस्यारत अवस्थाको प्रथम घटना : १ घण्टा १५ मिनेटसम्म शरीरमा आगोको ज्वाला प्रत्यक्ष देखा परेको ।
३४. तपस्यास्थल परिवर्तन मिति : २०६२ साल फागुन २७ गतेदेखि तपस्यास्थललाई परिवर्तन गरी अज्ञात स्थानमा प्रस्थान गरेको ।
३५. र्सार्वजनिक भएअनुसार हालको तपस्यास्थल : चारकोसे झाडीकै हलखोरीयामा पीपलको रूखस्थित ९ फिट जमीनमुनि रहेको छ ।
३६. तपस्यामा बस्ने प्रतिज्ञा : ६ वर्षम्मको ।
रामबहादुर तामाङद्वारा यस्तो कठोरपूर्ण सङ्कल्प गरेर १०औं महिनासम्म निराहार आध्यात्मिक तपस्यामा बस्नु शाक्यमुनि बुद्धकै घटनाक्रमसँग सम्ब्ान्धित देखिन्छ । यहाँ प्रस्तुत गरिएको लेख मूलतः शाक्यमुनि बुद्धको ऐतिहासिक घटनाक्रमहरूलाई आधार मानी तयार पारिएको कुरा सबै पाठकवर्गमा ध्यानाकर्षण गराउन चाहन्छु
|