पुस्तक

 

तामाङ् जाति
इतिहासदेखि वर्तमानसम्म

सिङ्मान् तामाङ् 'ख्युङ्बा'

Name: Tamang Jaati [itihasdekhi vartamansamma]
Page: 308
Price: Rs. 150, I Rs 100 and USA Dollar 10 only.

Contact:
Sing Man Tamang 'Khyungba'
E-mail: khyungba@gmail.com
Phone No. 9741120237


पुस्तकबारे दुई शब्द
 
नेपालको मध्यकालीन इतिहासदेखि राजनीतिक घटनाक्रमहरूको चर्चा गर्नुपर्दा श्री ५ पृथ्वीनारायण शाहले नेपालको एकीकरण गर्नुभन्दा अगाडि नेपालको विभिन्न क्षेत्रहरुमा स-साना राज्यका रुपमा रहेका बाइसेचौबीसे राज्यहरु थिए । वि सं १७१९ मा जब श्री ५ पृथ्वीनारायण शाह राजगद्धीको हकदार भएपछि ती बईस्ए छौबीसे राज्यहरुलैइ एकीकरण गर्ने उनको संकल्प पनि पूर्ण रुपले सफल भयो ।
एकीकरणपछि शाह वंशको लगभग सत्तरी वर्षसम्मको शासनपछि वि सं १९०३ मा जङ्गबहादुर राणाको सम्पूर्ण राज्यशक्ति आफ्नो हातमा पारेपछि राणाहरुले १०४ वर्षसम्म निरङ्कुश र हैकमवादी नीति अपनाई शासन गरे । २००७ सालमा जनक्रान्तिद्वारा राणाहरूको त्य हैकमवादी शासनको अन्त्य भयो । २००७ सालको जनक्रान्ति विश्वमा चर्चित मानिने लोकतान्त्रिक शासनप्रणालीको स्थापना भएको थियो । तर २०१७ सालमा त्यो व्यवस्थाको पनि अन्त्य भई फेरि एकदलीय पञ्चायति व्यवस्थाको सूत्रपात भयो । त्यसपछि सुरुवात भएको पञ्चायति व्यवस्था पनि ३० वर्षपश्चात २०४६ साल चैत्र २४ गते जनआन्दोलनको सफल नेतृत्वमा अन्त्य भयो ।
२०४६ सालपछिको राज्यव्यवस्थाको परिवर्तनले गर्दा नेपाल् अधिराज्यमा लोकतान्त्रिक शासनपरणालीको सुरुवात भएको छ । तर लोकतान्त्रिक शसन प्रणालीलाई सञ्चालन गर्ने हिमायतीहरूले अज्ञानताका करणले हो या उनीहरूको स्वार्थी नियतले गर्दा हो देश तहस नहस हुँदैछ । सबै जातको साझा फूलबारीमा प्राचीनकालदेखि बसोबास गर्दै आएका आदिवासी जनजातिहरूमध्येका बहुसंख्यक् जातजातिहरूमा तामाङ्जाति पनि एक हो । तर राणाकालीन हैकमवादी शासनले यी बहुसंख्यक् तामाङ्जातिलाई सामाजिक, शैक्षिक, राजनीतिक, धार्मिक र आर्थिक रुपमै साम्, दाम्, दण्ड, भेदको सूत्र प्रयोग गरी दानवीय रुपमा यति धेरैसम्म दमन गरे, त्यसको कुनै सीमा छैन ।
विगत देखि तामाङ् जाति यसरी सबै क्षेत्रहरूमा पछाडि पर्नुको कारण के होला भनी आफैमा जिज्ञासाहरू राख्ने गर्थें, त्यसपछि ममा आफ्नो जातिप्रतिको चिन्तन् उत्पन्न भई तामाङ् जातिबारे लेखिएका पुस्तक र पत्र पत्रिकाहरू अनुसन्धान गरें । अनि यथार्थ पक्षको खोजी गर्दै ७५ वर्षदेखि ८० र ८७ वर्षसम्म पुगेका तामाङ जातिका अग्रज पूर्खाहरूसंग पनि सोध खोज गर्ने क्रम सुरु गरें । ती तामाङ् पूर्खाहरुको भनाई रहेको थियो –"हामीमाथि गरेको दमन शोषण बारे वर्णन गरेर सध्य छैन तर हामीले गौरव मान्नु पर्ने कुरा के छ भने ती पाखण्डी राणा शासकहरूले जे जति शोषण गरे तापनि उनीहरू समक्ष तामाङ्हरूले कहिले पनि आत्मसमर्पण गरेनन् र आफ्नो जातीय रुपमा मानिने बौद्ध धर्म, नत्रि भाषा र संस्कृतिहरूको संरक्षण गरी नै राखे" भन्ने जस्ता उत्तरहरू पाइन्थ्यो ।
मैले यो पुस्तकमा एकजातिमाथि गरिएको जातीय भेदभाव र यस्तै दुख पीडाका शब्दहरू र तामाङ् जातिको वर्तमान् अवस्था कसरी अगाडि बढिरहेको छ भन्ने बारे विशेष चर्चा गरेको छु । ती पाखन्डी राणा शाषकहरूको एकाधिकारवादको नीतिले गर्दा नै आज बहुसङ्ख्यक् तामाङ् जातिको सामाजिक, शैक्षिक, धार्मिक र आर्थिक रूपमा गुणात्मक विकास हुन सकेको छैन ।
२०४६ सालपछिदेखि भने तामाङ् जातिको विकासक्रम तीब्ररूपमा अगाडि बढिरहेको छ । यसमा हामीले गौरव मान्नु पर्दछ कि २४० वर्षसम्म दमन र शोषणमा परेको जाति सामाजिक रूपमा चेतनशील हुन पनि सयैं वर्ष लाग्छ भन्ने विद्वानहरुको भनाइ छ । यस पुस्तक तयार गर्ने क्रममा कुनै जातिप्रति पनि पूर्वाग्रह राखिएको छैन । तर हाम्रो तामाङ् जाति माथि लादिएको हैकमवादी नीति र उनीहरुको नियत बारेमा भबे विशेष दोष लगाइएको छ । लेखकको यसभन्दाको अगाडिको कृतिहरूलाई पाठकहरूले रुची पूर्वक अध्ययन गरेर पत्रमार्फत जुन सल्लह, सुझाव र धन्यवादको प्रेरणा दिनु भएको छ, जसबाट मैले आगामी दिनहरूमा यसरी नै अगाडि बढ्ने महत्वपूर्ण स्रोतका रुपमा लिएको छु । पत्रमार्फत सल्लाह, सुझाव र धन्यवाद पठाउनु हुने पठकहरूलाई विभिन्न किसिमका ज्ञानवर्धक पुस्तक-पुस्तिकाहरू अध्ययन गरेर बौद्धिक चिन्तनको विकास गरी पिछडिएका आफ्ना जातिलैइ सामाजिक, राजनीतिक, शैक्षिक र आर्थिक विकासका लागि सदैव अग्रसर भएर सेवा पुर्‍याउनका लागि सबैम आह्वान् गर्दछु । यहाँ तामाङ् समुदायमा देखिएका कतिपय कमी कमजोरीहरूको बारे पनि केही टिप्पणी गर्नि त्यतिकै आवश्यक देखेको छु ।
आज भोलि कतिपय तामाङ् बुद्धिजीवी र समाजसेवीका बारेमा भन्नु पर्दा अवसरले करोडपति भएपछि उसलाई समाजसेवी र बुद्धिजीवीको पगरी ओढाउने परिपाटी छ । तर उसले समाज सेवा र बौद्धिकताको प्रक्रिया नै सुरु गरेको हुदैन । समाजसेवाका बारेमा केही न केही भए पनि योगदान् त पुर्‍याउनुनै पर्दछ । सथै कतिपय तामाङ् लेखकहरू कुनै लेखको माध्यमद्वारा आफ्नो जातिप्रति नकारात्मक कुराहरू सार्वजनिक गरेर पनि लेखकको नामबाट सम्मनित भैरहेका हुन्छन् । अनि कुनै पुस्तक् बिमोचन समरोहमा पुस्तक अध्ययननै नगरी त्यहाँ उपस्थित अतिथिहरूले सबै कुरा ठीक छ भनिदिन्छन् । यस्ता गलत प्रक्रियाहरूमा अन्यथा नसोची त्यसलाई सुधार गर्दै अगाडि बढ्नु स्वागतयोग्य मानिन्छ ।
अन्त्यमा विशेष संशोधनसहित तेस्रो संस्करण प्रकाशन गरी पाठकहरू समक्ष प्रस्तुत गरेको छु । यस पुस्तकमा धार्मिक शब्दहरू हेरिदिनु हुने लामा वाङ्नोर्बु 'मोक्तान' तामाङ् र तामाङ् भाषाको शुद्धाशुद्धी हेरिदिनुहुने पूर्व सहायक मन्त्रि तिलक बहादुर तामाङ् 'नेगी' र डा मुक्तसिङ्ह् तामाङ्लाई धन्यवाद दिन चहन्छु ।
© 2008 tamangsaling.com.np, All Rights Reserved. A Presentation of Tamangsaling